नेपालले आफ्नो राजनीतिक र प्रशासनिक नक्सा जारी गरेपछि भारतले त्यसलाई स्वीकार नगर्ने प्रतिक्रिया दिएको छ। तर उसले सीमासम्बन्धी विद्यमान विषयलाई कूटनीतिक वार्ताबाट समाधान गरिनुपर्ने बताएको छ। नेपालले अब के गर्नुपर्छ? कृपया आफ्नो धारणा लेख्नुहोस्।
BBC News Nepali
53.6K posts
नेपाल र विश्वका महत्त्वपूर्ण समसामयिक घटना र विषयवस्तुका समाचार सामग्रीका लागि सन् १९६९ देखि निरन्तर विश्वसनीय स्रोत
(बीबीसी नेपाली सेवा । BBC News Nepali)
- नेपालको निशान छापमा कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नयाँ नक्सा राख्ने प्रस्ताव प्रतिनिधि सभाबाट पारित bbc.in/2AmpDHH
- काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई TIME म्यागजीनले सन् २०२३का विश्वका १०० उदीयमान नेताको सूचीमा समावेश हुँदा तपाईँलाई कस्तो लाग्यो? #BBCNepali #BalenShah #TIME100
- भारतले नेपालको नयाँ नक्सा नस्वीकार्ने प्रतिक्रिया दिएको छ। bbc.in/2zi0Aop
- नेपाल-भारत सीमा विवादको परिप्रेक्ष्यमा नेपाल सरकारले चालेका कदमहरू र सार्वजनिक गरेका अभिव्यक्तिहरू तपाईँलाई परिपक्व वा अपरिपक्व कस्तो लागेको छ? यो विवादलाई समाधान गर्न अब नेपाल सरकारले के कस्तो कदम चाल्नु उचित हुन्छ?
- मिस वर्ल्ड प्रतियोगिताको अन्तिम चरण शनिवार चीनमा हुँदै गर्दा नेपालको प्रतिनिधित्व गर्दै चीनमा जारी सो प्रतियोगितामा सहभागी भएकी मिस नेपाल शृङ्खला खतिवडालाई तपाईँ के भन्न चाहनुहुन्छ? कृपया आफ्नो सुझाव दिनुस्। (फोटो: इन्स्टाग्राम)
- मनीषा कोइरालाको नक्सासम्बन्धी ट्वीटमाथि नेपाल र भारतमा यस्तो चर्चा
- 'अयोध्या नेपालमा रहेको' र 'राम नेपाली राजकुमार थिए' भन्ने प्रधानमन्त्री ओलीको दाबीमाथि नेपालभित्रै र भारतमा कस्तो प्रतिक्रिया आइरहेको छ? bbc.in/2WdF1gY
- कोरोनाभाइरस महामारीको डरका कारण स्थगित एसईई परीक्षा यसपालि नगर्ने र आन्तरिक मूल्याङ्कनका आधारमा विद्यार्थीहरूलाई कक्षा चढाउने निर्णय सरकारले गरेको छ। यो निर्णयबारे तपाईँको धारणा के छ? कृपया लेख्नुहोला।
- जेठ ३२ गतेसम्म लकडाउन भएको अवस्थामा आन्तरिक राजस्व विभागले उद्योगी र व्यवसायीलाई जेठ २५ सम्म कर चुक्ता गर्न सूचना निकालेपछि त्यो चर्चाको विषय भएको छ। यस विषयमा तपाईँको धारणा के छ?
- कोरोनाभाइरस सङ्क्रमणको जोखिमलाई ध्यान दिँदै नेपालमा 'लकडाउन' गरिएको एक महिना पुग्न लागेको छ। तर त्यसलाई क्रमश: खुकुलो पार्नुपर्ने धारणा पनि व्यक्त भएका छन्। यसलाई कसरी खुकुलो पार्नुपर्छ जस्तो लाग्छ? कृपया आफ्नो धारणा राख्नुहोस्।
- प्रधानमन्त्रीले कोरोनाभाइरस सन्दर्भमा सल्लाह गर्न बोलाएका विज्ञहरूमध्ये कोहीले लकडाउन गर्न, कसैले ‘स्मार्ट’ लकडाउन गर्न र अन्यले लकडाउन नगर्न सुझाव दिएको विवरण आएका छन्। कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढिरहेको बेला लकडाउनसम्बन्धी तपाईँको धारणा के छ? कृपया लेख्नुहोस्।
- कोरोनाभाइरस महामारी फैलिन नदिन लकडाउन लगाइएको बेला नेपालका विद्यालय र विश्वविद्यालयले पनि अनलाइन कक्षा सञ्चालन गर्न थालेका छन्। नेपालमा अनलाइन कक्षा कति प्रभावकारी हुन्छ जस्तो तपाईँलाई लाग्छ? कृपया आफ्नो अनुभव वा धारणा लेख्नुहोस्।
- राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षा अनिश्चितकालको लागि स्थगित गरेको छ। एसईई पनि कोरोनाभाइरस प्रकोपको जोखिमका कारण स्थगित रहेको छ। यी परीक्षाहरूका बारेमा कस्तो निर्णय गर्दा उचित हुन्छ? तपाईँको धारणा लेख्नुहोस्।



